फेरि उकालो लाग्यो सुन, एकैदिन १४ सय बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८१ बैशाख १४

१४ वैशाख, काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँ मूल्य बढेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि त्यसको प्रभाव नेपाली बजारमा देखिएको छ । यसअघि वैशाख ९ गते सुन १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ६५५ रुपैयाँ रहेको चाँदी आज १ हजार ६७५ रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *