सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र २२

२२ चैत, काठमाडौं – मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य ९८ हजार ३ सय रुपैयाँ तोकिदा चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएको छ ।

सोमबारको तुलनामा सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा छापावाल, ९८ हजार २ सय रुपैयाँमा तेजावी सुन र प्रतितोला १३ सय ५० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *