साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र २०

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार नाै सय रुपैयाँमा कारोबार भएकोमा चालु साताकाे पहिलाे दिन आइतबार ६ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे छ । 

त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७८ हजार चार सय ४५ रुपैयाँ कायम भएको छ । महासंघकाअनुसार तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७८ हजार १५ रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, महासंघले चाँदीको मूल्य प्रतितोला एक हजार दुई  सय ३० रुपैयाँ कायम गरेको छ । यस्तै, चाँदी प्रति १० ग्रामको मूल्य एक हजार ५४ रुपैयाँ ५० पैसा तोकिएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *