यात्रुबाहक बस पल्टिँदा ४ जनाको मृत्यु, ३२ जना घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र १३

१३ चैत्र, सर्लाही – सर्लाहीको फुलजोरमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । आइतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा यात्रुबाहक बस पुलबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । बसमा सवार ३२ जनाभन्दा बढी यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

आइबार वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोर खोलामाथि बनेको पुल साँघुरो भएकाले टाटासुमोलाई साइड दिने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी कृष्ण प्रसाईँले रातोपाटीलाई जानकारी दिए ।  दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन ।

मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र दुर्घटनामा घाइते भएकाहरुको लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *