×

रामेछापमा जिप दुर्घटना: एक जनाको मृत्यु, १० घाइते

असार २६, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : रामेछाप मन्थली नगरपालिका-७ कल्लेरीमा बोलेरो दुर्घटना भएको छ। मन्थलीबाट खाँडादेवी गाउँपालिका-९ पिङ्खुरीतर्फ यात्रु बोकेर जाँदै गरेको बागमती प्रदेश ३-०१-०२३ च ३९०९ नम्बरको जिप मंगलबार बेलुका दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए।

घाईतेहरुलाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पतालतिर पठाएको उनको भनाइ छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको र यसबारे थप अनुसन्धान भइरहेको छ।

बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको न्यौपानेले बताए। उनका अनुसार मृत्य हुनेमा मन्थली-७ कल्लेरी गणेशथान बस्ने ६५ बर्षीय माया बिकको घटना स्थालमै मृत्यु भएको र अन्य गाडीमा सवार १० जना घाइते भएका बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: