×

पिरको परिमार्जित भिडियो सार्वजनिक

चैत्र ५, २०७८ | दाक्सु मिडिया

५ चैत, काठमाडौं – गायक प्रकाश सपुतले आफ्नो हालै सार्वजनिक चर्चित गीत पिरको भिडियोबाट यौनकर्मीको दृश्य हटाएका छन् । अघिल्लो हप्ता सार्वजनिक उनको गीतमा माओवादी जनयुद्धमा सहभागी महिलाले यौन व्यवसाय गरेको आशय देखिने एउटा दृश्य समावेश थियो ।
शनिबार गायक सपुतले दिउँसो उक्त गीतको अर्को भिडियो अपलोड गरेका छन् । जसमा पुरानो भिडियोमा रहेको यौन व्यवसाय झल्किने दृश्य हटाइएको छ ।
सोही विषयलाई लिएर माओवादी केन्द्रका कतिपय नेता कार्यकर्ताले उक्त गीतको आलोचना गरेका थिए । माओवादीका केहि भ्रातृ संगठनहरुले जनयुद्धको अपमान गरेको भन्दै गीत हटाउन चेतावनी दिएका थिए ।
गायक प्रकाश सपुतले आफ्नो उद्देश्य जनयुद्धले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको देखाउन मात्र खोजेको प्रष्टीकरण दिएका थिए । र उनले कसैको भावनामा चोट पुगेको भए आफूले माफी माग्ने बताएका थिए । गित सार्वजनिक गर्दै गायक सपुतले आफ्नो फेसबुकमा लामो स्पष्टिकरण समेत दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: