×

कालिप्रसाद बास्कोटाले प्रकाश सपुतप्रती समर्थन जनाए

फाल्गुन ३०, २०७८ | दाक्सु मिडिया

काठमाडौ । गायक तथा संगीतकार कालिप्रसाद बास्कोटाले गायक प्रकाश सपुतप्रति समर्थन जनाएका छन् । उनको नयाँ गीत पिर विवादमा तानिएपछि बास्कोटाले गायकको समर्थन गरेका हुन् ।
जनयुद्धमा सहभागी जनमुक्ति सेनाले पाएको दुःखमा आधारित रहेर तयार पारिएको उक्त गीतको म्युजिक भिडियो प्रति माओवादी वृत्त खनिएका छन् । केहीले उक्त भिडियो हटाउन चेतावनीसमेत दिएका छन् । गीतको विवादबारे वास्कोटा भन्छन्, कलाकारलाई रुवाउनेलाई जिन्दगीभर विस्वास गरिदैन नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन चेतावनी नै दिएकी छिन् । उनले सर्वाजनिक माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार हर्कत सहेर नबस्ने बताएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: