×

गित विवादित बनेपछि प्रकाश सपुतको स्पष्टिकरण

फाल्गुन ३०, २०७८ | दाक्सु मिडिया

३० फागुन, काठमाडौं – गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘पिर’ माथि नेकपा (माओवादी केन्द्र) का नेता-कार्यकर्ताले आपत्ति जनाएपछि स्पष्टीकरण दिएका छन्।

गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘पीर’लाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । तर गीतको भिडियोको केही दृश्यले कसैको आत्मसम्मानमा चोट पुगेकोमा उनले माफी मागेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक सपुतले आफूले देखेका र संगत गरेका व्यक्तिहरुलाई नै आधार बनाएर गीतको विषयवस्तु बनाएको र यसमा सम्बन्धित पक्षको आत्मसम्मानमा चोट पुगेको भए माफी दिन आग्रह गरेका हुन् ।

साथै उनले कसैले यस विषयलाई नियतवश उक्साएर वा निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपार्न पनि आग्रह गरेका छन् ।

उनले गीतमा समावेश चरित्र आफैंले देखेका र संगत गरेका नै भएको पनि स्पष्ट पारेका छन् । ‘पीर’ गीतमार्फत ‘जनयुद्ध’कै जग र बलमा व्यवस्था परिवर्तन भएको, तर अवस्था परिवर्तन मात्रै भन्न खोजेको सपुतले उल्लेख गरेका छन् । समानताका लागि लडेका एकसाथ लडेकाहरुबीच बढ्दै गएको असमान दुरीलाई भिडियोमा देखाउन खोजेको उनको भनाइ छ ।

दुई दिनअघि युट्युबमा सार्वजनिक ‘पीर’ बोलको गीत सार्वजनिक भएसँगै केही विवाद सिर्जना भएको हो । खासगरी नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु यो गीतविरुद्ध खनिएका छन् । खासगरी पूर्वमाओवादी छापामार देशव्यापारमा संलग्न भएको दृश्यप्रति उनीहरुले आपत्ति जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: