×

पीएनजी विरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल ,१३ ओभरमा २ विकेट

चैत्र २, २०७८ | दाक्सु मिडिया

२ चैत्र, काठमाण्डौ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय शृंखलामा आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध खेलिरहेको छ ।
संयुक्त अरब इमिरेट्स ९यूएई० को शारजहाँमा जारी खेलमा पीएनजीले टस जितेर ब्याटिङ गरिरहेको छ । नेपालले टस हारेपछि पहिले बलिङ गर्दैछ । जारी खेलमा यो समाचार तयार पार्दा सम्ममा पपुवा न्यु गिनिले १३ ओभरमा दुई विकेट गुमाएर ५५ रन बनाएको छ । नेपालको तर्फबाट सन्दिप लामिछाने र आरिफ शेखले एक एक विकेट लिएका छन् ।
नेपाल पीएनजीलाई हराउँदै शृंखलामा सुःखद् सुरूवात गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ । नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा एकदिवसीय खेल खेल्दै छ ।
नेपालले यसअघि पीएनजीविरुद्ध खेलेको दुवै एकदिवसीय आफ्नो पक्षमा पारेको छ ।
शृंखलाअघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेलेको थियो । तीन खेल जित्दा एकमा हार व्यहोरेको छ । लिग–२ मा नेपालले आठ खेलमा आठ अंक जोडेर छैटौं स्थानमा छ । अंकविहीन पीएनजी १३ खेल खेल्दै पुछारमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: