काठमाडौं – प्रत्येक वर्ष साल फेरिन्छ, भित्ताका पात्रो बद्लिन्छ । त्यस्तै नयाँ सकंलप, नयाँ उमंगसहित हामीले २०७७ साललाई बिदा गरेर २०७८ सालको स्वाग्त गरेका छौं । आजको दिनबाट हामी एउटा फरक वर्षमा प्रवेश गर्दैछौं । एक अर्कासँग अङ्कमाल गरेर हैन, सामाजिक दूरी कायम राख्दै एक अर्कालाई शुभकामना व्यक्त गर्दैछौं। २०७७ साललाई स्वाग्त गर्दै गर्दा हामी लकडाउनमा थियौं । यो वर्ष पनि कोरोनाको संक्रमण कम भएको छैन तर परिस्थति भने केही फरक बन्दै गइरहेको छ ।
२०७७ साल विभिन्न कारणले अविस्मरणीय रह्योे । लकडाउन प्रमुख कारण भयो । केही नेपालीले नेपाली हो भन्नमा गौरव लाग्ने गरी देशको प्रतिनिधित्व गरे । तर त्यसमा यस्ता व्यक्तिहरू पनि रहे जस्तो लज्जबोध गराए । चाहे त्यो अभिव्यक्तिका कारण होस् वा गलत नियत । उनीहरूको आलोचना भयो । गाली खाए । माफी पनि मागे । आज हामी ति नै केही व्यक्तिहरूको बारेमा चर्चा गर्दैछौं ।
महेश बस्नेत
देश कोरोनाको महामारीको सामना गर्दै थियो तर बस्नेत भने अपहरण’ काण्डमा मुसिए । त्यसैका कारण पनि उनले कुख्याति कमाए ।

१० वैशाखमा संघीय समाजवादी पार्टी (पछि जनता समाजवादी पार्टी) का सांसद डा. सुरेन्द्र यादवलाई काठमाडौं ल्याउन बस्नेत महोत्तरी पगेका थिए । अपहरण गरेको भन पनि यादव आफे आएको उनले दाबी गरेका थिए तर त्यस उपरान्त उनलाई अपहरणकारी भन्ने ट्याग लागेको छ ।
सवेन्द्र खनाल
ख्नाल पूर्वप्रहरी महानिरीषक हुन् । बस्नेतसँगै उनी पनि महोतरी पुगेका थिए । अपहरण नै हो भनेर तत्कालिन संघीय समाजवादीले सांसद अपहरित भएको भन्दै किटानी जाहेरी दिए । तर पनि प्रहरीले दर्ता गर्न मानेन ।

सरकारी वकिलको कार्यालयमार्फत जाहेरी दर्ता गर्ने प्रयास पनि असफल रहयो । कतैबाटअहिलेको जसपाको उजुरी दर्ता भएन । उल्टै बस्नेत र खनालले अपहरणको आक्षेपले गाली बेइज्जती भएको भन्दै उल्टै अदालतमा मानहानिको मुद्दा दर्ता गराए ।
रामकुमारी झाँक्री
गत वर्षको वर्षगाठो झँक्रीका लागि खासै सुखद रहेन । उनी पक्राउ परिन् । खरो बोलीचाली, प्रष्ट, ठाडै बोल्ने, हक्की स्वभाव, निडर प्रवृति तथा आफ्नो विषयवस्तुमा खरो उत्रने दरो पकड भएकी नेतृ रामकुमारी झाँक्रीलाई गोरखाको चित्रेपानीमा गरेको भाषण निकै महंगो प¥यो ।

उनले राष्ट्रिपति विद्यादेवी भण्डारीको आलोचना गरेकी थिइन् । उनले भण्डारीलाई शितलनिवास छाडेर निर्वाचनमा आउनका लागि चसनौती दिएकी थिइन् भने मदन भण्डारीको हत्या पछाडि सेतो सारी लगाएर शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अभ्यास नेकपा एमालेले गरेको थियो त्यसको प्रतिउत्पादन विद्या देवी भण्डारी रहेको भनेकी थिइन् ।
दीपाश्री निरौला
टेलिभिजन अन्तर्वार्ताका क्रममा अभिनेत्री एवं निर्देशक निरौलाले राजेश हमाललाई ‘उहाँ महानायक हो र !’ भन्दा निकै गाली खानु प¥यो ।

उनी एक्तै त्यसको सिकार भइनन् कलाकार दीपकराज गिरीलाई समेत जोडेर सामाजिक सञ्जालमा व्यापक आलोचना भयो । पछि उनले आफ्नो जन्मदिनको दिन भिडियो सन्देश नै जारी गरेर माफि मागेकी थिइन् ।
वर्षा राउत
सीमा विवादका कारण नेपाल भारतसंग जति आक्रोस थियो त्यति नै आक्रोसको सिकार बनिन् अभिनेत्री वर्षा राउत । भारत सीमाबारे विवादास्पद अभिव्यक्ति दिएर विवादमा तानिएकी हन् नायिका राउत ।

उनले एक अन्तर्वाताका क्रममा भारतीय साथीहरुसँग आफूले कसरी फेस गर्ने र आफ्ना भारतीय साथीहरुले आफूसँग कसरी फेस गर्ने भनेरबताएकी थिइन् । पछि उनलाई भारत पठाउँनु पर्छ लगायतका उनको चलचित्र बहिषकार गर्नेसम्मको आक्रोस उनकै रुष्ट फयान हरूले पोखे। । त्यसपछि अभिनेत्री राउतले माफी मागिन् । अब यसरी बोल्दा हेक्का राख्ने वाचा पनि गरेकी छन् ।
सरिता गिरि
नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गर्दै सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव विरुद्ध संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्, सरिता गिरीले । उनको कदमको र अभिव्यक्ति आलोचाना मात्रै भएन भौतिक आक्रमण समेत भयो ।


पार्टीको ह्विप विपरित संशोधन प्रस्ताव दर्ता गराएपछि तत्कालीन समाजवादी पार्टीले उनलाई सांसद र पार्टी दुवैबाट निष्काशित ग¥यो । पार्टीको निर्णय विरुद्ध उनी सर्वोच्च अदालत पनि पुगिन् तर अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
रघुजी पन्त
नेकपा एमाले खनाल नेपाल समूहका नेता रघुजी पन्त पनि आफ्नो अभिव्यक्तिका कारण विवादमा तानिए ।


नेकपामा धेरै त्याग गरेका नेताहरुले टिकट नपाएको तर कोमल वलीले पिडौँला देखाएर ‘पोइल जान पाम’ भन्दै गीत गाएपछि सांसद पद पाएको भन्दै टिप्पणी गरेका थिए । राष्ट्रिय सभाकी सदस्य तथा कलाकार कोमल वलीले जिल्ला अदालत काठमाडौंमा मानहानीको मुद्दा दायर गरेकी छन् ।
सुष्मा कार्की
आफ्नो अभिव्यक्तिका कारण सधै जसो चर्चामा रहने अभिनेत्री हुन् सुष्मा कार्की । वर्षको सुरुवातमा नायिका पुजा शर्मासंगको झगडाका कारण विवादमा आएकी कार्कीको वर्षको अन्तिमा झगडा भने नायिका श्वेता खड्कासँग हुन पुग्यो ।


खड्कासहितले गालीगलौज र कुटपिट गरेको भन्दै अभिनेत्री कार्कीले प्रहरीमा उजुरी दिएकी थिइन् । खड्का, उनका पति विजयेन्द्र राउत, बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट गरेको आरोप कार्कीको थियो ।
श्वेता खड्का


विवाहका कारण नायिका स्वेता खड्का चर्चामा आइन् तर काभ्रेमा निर्माणाधिन एकीकृत माझी बस्तीले भने उनलाई आलोचनाको बाटो डोहो¥यायो । विवाहमा अनावश्यक खर्च गरेको र डिस्को गएर झगडा गरेको आरोप पनि उनले खेपिन् ।
पुजा शर्मा
चर्चा र विवाद दुवै तर्फ सधै जोडिने नाम हो, पूजा शर्मा । महँगो पारिश्रमिक पाउने अभिनेत्री पनि हुन् शर्मा ।


शर्मालाई नेपालमा कति जिल्ला छन् भनेर थाहा रहेनछ् । प्रश्नको गलत उत्तर दिएपछि अहिले कलाकार पूजा शर्मा ट्रोलको शिकार बनिन् । नेपालमा कति जिल्ला छन् भन्ने समेत भन्न नसकेपछि उनको चौतर्फी विरोध भएको थियो । उनले आफू डिपे्रसनमा पुगेको पनि बताएकी थिइन् । नयिका सुष्मा कार्कीसँगको विवादले पनि उनी ‘टक टपिक अफ कलिउड’ हुन् ।
भनिन्छ नयाँ वर्षको दिन जे गरिन्छ, वर्षभरी त्यहि चलीरहन्छ । कोरोनाको महामारी छ । आजको दिन सुरक्षित रहनुहोला । आउनुहोस् यो दिनमा सम्पूर्ण नेपाली मनहरुलाई मात्र नभई विश्वभर कै मानव जातीको सुस्वास्थ्यको कामना गरौं। हामीले कोरोना विरुद्ध यो लडाई छिट्टै जित्नेछौ। यो नेपाली नव वर्ष २०७८ विश्वको लागि नै सुरक्षित अनि स्वस्थ्य साबित होस्।
नयाँवर्ष २०७८ को हार्दिक मंगलमय शुभकामना!

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्