ज्यान मार्ने उद्योगका फरार अपराधी बालेनका समर्थक प्रहरी नियन्त्रणमा

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन ४

काठमाडौँ : संविधान दिवसको अवसरमा बिहीवार दरबारमार्गमा आयोजित कन्सर्टमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका समर्थनमा नारा लगाउने ज्यान मार्ने उद्योगका फरार अभियुक्त पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरले बझाङ मष्ट गाउँपालिका स्थायी घर भएका तिलक खड्कालाई पक्राउ गरिएको जनाएको छ।

खड्काले बालेन शाहको पक्षमा नारा लगाउँदै अरुलाई धकेलाधकेल गर्दा प्रहरीले पक्राउ गरेको थियो। ‘गतिविधि अलि अस्वाभाविक देखियो, सर्वसाधारणलाई धकेल्न थालेपछि उनलाई नियन्त्रणमा लिएको थियौँँ। तर ज्यान मार्ने उद्योगका फरार अभियुक्त रहेछन्’, परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले भने।

बालेनका समर्थकहरूले कन्सर्टमा आएकाहरूलाई धकेल्न थालेपछि प्रहरीले निगरानी बढाएको थियो। मेयर शाहको पक्षमा समर्थकलाई उत्तेजित बनाउने र कन्सर्टमा सहभागी भएकाहरूलाई धम्क्याउन थालेपछि प्रहरीले खड्कालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनी एक वर्ष अघि दरवारमार्गमै भएको एक घटनाको फरार अभियुक्त हुन्। प्रहरीले खोजी गरिरहेको बेला बालेनको समर्थनमा कन्सर्ट विथोल्न उनी सहभागी भएको बुझिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *