पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन, ४५ वर्षमा लागिन्

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १५

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन । उनि ४५ वर्षमा लागेकी छन्। उनी सन् १९७६ अक्टोबर १ मा भारतको राजस्थानमा जन्मिएकी हुन्।

हिमानी सूर्यवंशी राजकूलका राजा विक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन्। तत्कालीन युवराज पारस शाहसँग २०५६ माघ ११ गते विवाह बन्धनमा बाँधिएकी शाहका एक छोरा र दुई छोरी छन्।

पारससँग सम्बध बिग्रिएपछि छुट्टै बस्दै आएकी हिमानी सामाजिक काममा सक्रिय छन्। उनले राजनीतिबाट टाढा रहेर हिमानी ट्रष्टमार्फत सामाजिक कार्य गर्दै आएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *