पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति विद्यादेवि भण्डारी द्रारा माल्यार्पण

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष २७

काठमाडौ : पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा  सिंहदरबार अगाडि रहेको उनको शालिकमा राष्ट्रपति विद्यादेवि भण्डारीले माल्यार्पण गरेकी छन्।

राष्ट्रिय एकता दिवस तथा ३०० औं पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति भण्डारीले मंगलबार सिंहदरबारको मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन्।

पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पणपछि राष्ट्रपति भण्डारी काजी कालु पाण्डेको शालिकमा माल्यार्पण गर्न दहचोक जाने कार्यक्रम रहेको छ।

यस्तै आजै पूर्वराजा ज्ञानेन्द्र शाह साढे १२ बजे सिंहदरबार अगाडि पुगेर पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *