छोरा आर्यनका कारण गौरी खानले रद्द गरिन् जन्मदिन उत्सव

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २२

मुम्बई । क्रुज लागुऔषध पाटी मामलामा शाहरुख खान र गौरी खानका छोरा आर्यन खान हाल एनसीबीको हिरासतमा छन् । आज आर्यनको जमानत निवेदनमाथि सुनुवाई हुँदैछ ।

आज गौरीको जन्मदिन हो । तर उनी छोराको कारण जन्मदिन नमनाउने निर्णयमा पुगेकी छन् । यद्यपि उनका साथीहरुले गौरीको जन्मदिनका लागि एक ठूलो उत्सव आयोजना गर्ने योजना बनाएका थिए । तर छोरा एनसीबीको हिरासतमा रहेकाले गौरीले सबै उत्सव रद्द गरेकी छन् ।

‘यो गौरीको हालसम्मकै सबैभन्दा दुःखद जन्मदिन हो । उनको छोरा उनीबाट टाढा छन् । उनी अहिले विचलित अवस्थामा छिन् । हामीले पनि उनलाई जन्मदिनको शुभकामना दिएका छैनौं । आर्यनलाई जमानत मिल्यो भने मात्र उनका लागि यो जन्मदिनको विशेष उपहार हुनेछ’, गौरी निकट स्रोतले भनेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *