यसरी नजिकिए पूर्वयुवराज पारस–हिमानी, छुट्ने कारण के थियो?

DaksuMedia दाक्सु मिडिया
|
२०७७ फाल्गुन ८

काठमाडौं– पूर्वयुवराज पारस शाहले झापाको धुलाबारीस्थित मेची क्राउन होटलबाट पत्नी तथा पूर्वयुवराज्ञी हिमानी शाहसँग सामिप्यमा उभिएको तस्बिर राखे, शुक्रबार राती।

आमा तथा पूर्वरानी कोमल शाहको ७१ औं जन्मोत्सवका अवसरमा अरु भन्दा ढिलोगरी होटलमा उनी पुगेपछि हिमानीसँग लामो समयसम्म सन्निकट नरहेका पारस साथसाथ देखिए।

राजपरिवारका प्रायः सबै सदस्य देखिएका थिए। पूर्वराजा ज्ञानेन्द्र शाहसहित कोमल, पारस, हिमानी र हृदयेन्द्र शाह तस्बिरमा साथै देखिएका छन्। पूर्णिका र कृतिका भने देखिएनन्। राजपरिवारका अन्य सदस्य पनि देखिए।

पारसले सामाजिक सञ्जालमा राखेको तस्बिरमा उनी हिमानीसँगै छन्। यसले के पुष्टि गर्छ भने पत्नीसँग टाढिएको उनको सम्बन्ध नजिकिएको छ। यसअघि छुटपुट रुपमा कुनै औपचारिक कार्यक्रममा भेट भए पनि यस्तो सन्निकट देखिँदैन थिए।

‘उहाँहरूले धुमधामका साथ जन्मोत्सवको पार्टी गर्नुभयो, हिमानी र पारस पनि रमाएको देखिन्थ्यो’, स्रोतले भन्यो,‘उहाँहरूमा त्यस्तो खटपट केही छ जस्तो देखिएन रमाएर जन्मोत्सवको पार्टीमा गफिएको पाइयो।’

छोराबुहारीलाई नजिक्याउने काम भने पूर्वरानी कोमलले गरेकी हुन्। उनले यसअघि पनि विविध अवसरमा पारस–हिमानीलाई नजिक्याउँने काम गरेकी थिइन्। गोरखामा हिमानी ट्रष्टले बनाएको विद्यालय भवनको उद्घाटनका क्रममा प्रमुख अतिथि रहेकी कोमलले पारस–हिमानीलाई साथसाथ राखेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *