सुनको मुल्य आज पनि दुई सयले घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन ४

काठमाडौं । सुनको भाउ आज फेरि दुई सय रुपैयाँले घटेको छ ।

आज तोलामा सुनको भाउ ८८ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि गएको शुक्रवार सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको थियो । हिजो सार्वजनिक बिदा भएकाले सुनको नयाँ मूल्य तोकिएको थिएन ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर ११ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *