सुनको मूल्य ११ सयले घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र ९

९ चैत, काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार हिजो मंगलबारको तुलनामा आज ११ सयले घटेको सुनचाँदी महासंघले जानकारी दिएको हो ।

हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँ पुगेको थियो । यस्तै, तेजाबी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँ थियो । आज छापावाल सुनको मूल्य ११ सयले घटेसँगै तोलामा ९९ हजार २०० रुपैयाँमा आइपुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँ छ ।

सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा २५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १३ सय ९५ रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *