×

प्रुडेन्सियल इन्स्युरेन्सको सेयर बिक्री गर्दै महालक्ष्मी विकास बैंक

भदौ ३०, २०७८ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं – महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्युरेन्सको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले १ असोजदेखि कम्पनीको ७० हजार ६ सय ६९ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्न लागेको हो । 

यसमा न्यूनतम पाँच सय एक रुपैयाँ भाउमा लगानीकर्ताले न्यूनतम एक सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्ने छन् । यो सेयर विद्यमान संस्थापक वा जोकोही व्यक्ति, कम्पनी, संघ, संस्थाले आवेदन दिन सक्ने छन् । बैंकको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा पुग्नेगरी पेस गर्नुपर्नेछ । त्यसका लागि १५ असोजसम्म बोलपत्र पेस गर्न सकिनेछ ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: