बुधबार थपिए १०४३ कोरोना संक्रमित, १२ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २०

काठमाडौँ । बुधबार नेपालमा थप १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत चौबीस घन्टामा ११ हजार १६५ पीसीआर तथा ४ हजार ३०० एन्टिजेन परीक्षण गर्दा सो मात्रामा संक्रमित भेटिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको छ।

बुधबार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १६ हजार १९४ सक्रिय संक्रमित रहेका छन्।

यस्तै काठमाडौँ उपत्यकामा थप ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३४४, भक्तपुरमा ३५ र ललितपुरमा ६१ जना संक्रमित थपिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *