सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १८

काठमाडौं : सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ ।

कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । २० मिनेटपछि खुलेको बजार फेरि ५ प्रतिशत (थप १ प्रतिशत विन्दु)ले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो । अब ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

दोस्रो सर्किटपछि नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ८२ अंक (४ प्रतिशत) बढेको छ । २० मिनेटपछि कारोबार पुनः सुरु हुनेछ । २१६ कम्पनीको मूल्य बढेको छ भने एउटाको घटेको र दुईको स्थिर छ । कारोबार शुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *