एनएमबि क्यापिटलका दुई म्युचुअल फन्डकाे मूल्य समायोजन

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एनएमबि क्यापिटलले व्यवस्थापन गरेका दुई फन्डको एकाइ मूल्य समायोजन गरेको छ ।

शुक्रबार नेप्सेले एनएमबि ५० र एनएमबि हाइब्रिड फन्ड एल १ को एकाइ मूल्य समायोजन गरेको हो ।

शुक्रबार नेप्सेले एनएमबि ५० को ३० प्रतिशत नगद लाभांश समायोजन गरेको छ भने एनएमबि हाइब्रिड फन्ड एल १ को २० प्रतिशत नगद लाभांश समायोजन गरेको छ । समायोजनपछि एनएमबि ५० को १२ रुपैयाँ ५३ पैसा कायम भएको छ भने एनएमबि हाइब्रिड फन्ड एल १ को एकाइ मूल्य ११ रुपैयाँ ८० पैसा कायम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *