|
२०८३ श्रावण ११
काठमाडौँ : सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको झडपपछि प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। घटनामा प्रहरी र प्रदर्शनकारी गरी १६ जना घाइते भएका छन्।
घटनापछि सुरक्षा अवस्था नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी जिल्लाका पाँच क्षेत्रमा अर्को सूचना नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु अवधिमा आवतजावत, भेला, जुलुस तथा प्रदर्शनमा पूर्ण प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।



दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्