अपि पावर र ङादी ग्रुप पावरको बोनस सेयरमा मूल्य समायोजन

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १८

काठमाडौं । अपि पावर र ङादी ग्रुप पावरको बोनस सेयरमा मूल्य समायोजन भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एक सूचना जारी गर्दै अपि पावरको १०.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको जनाएकाे छ । ङादी ग्रुप पावरको २० प्रतिशत बोनस सेयरमा  मूल्य समायोजन भएको नेप्सेले जनाएको छ ।

समायोजनपछिको अपि पावरको मूल्य ४७८ रुपैयाँ ७३ पैसा कायम भएको छ । बिहीबार नेप्सेमा कायम भएको अन्तिम मूल्य ५२९ रुपैयाँका आधारमा समायोजन गरिएको हो । 
 
यस्तै, ङादी ग्रुप पावरको समायोजनपछिको भाउ ८०७ रुपैयाँ ५० पैसा कायम भएको छ । बिहीबार नेप्सेमा कायम भएको अन्तिम मूल्य ९६९ रुपैयाँका आधारमा समायोजन गरिएको हो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *