|
२०८३ श्रावण ११
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न आज ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। यसका लागि साउन ११ गते दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिने केन्द्रीय बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल ब्याजदरका आधारमा हुनेछ भने बहुब्याजदरमा पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यो १७९ दिने निक्षेप संकलन उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। यस उपकरणको साँवा र ब्याज आगामी माघ ८ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्