बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ११

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा एक हजार ४६६ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा डेढगुणाभन्दा बढी हो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार पर्यटक वृद्धि हुनु स्थानीय पर्यटन र अर्थतन्त्रका लागि सकारात्मक संकेत हो। प्रभावकारी प्रचारप्रसार, पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न सके आगामी वर्ष चार हजार पर्यटक भित्र्याउने लक्ष्य पूरा हुने विश्वास व्यक्त गरिएको छ।

हाल निकुञ्जमा २५ वटा वयस्क पाटेबाघसहित ४२२ प्रजातिका वन्यजन्तु पाइन्छन्। नेपालगञ्जबाट करिब १६ किलोमिटर दूरीमा रहेको यो निकुञ्ज पर्यावरणमैत्री पर्यटनका लागि महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुँदै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *