×

हिमालयन रिइन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन

फाल्गुन ७, २०८० | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं – हिमालयन रिइन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन भएको छ । दुबै कम्पनीले घोषणा गरेको बोनस सेयरको अनुपातमा मूल्य समायोजन भएको हो ।

नेप्सेका अनुसार हिमालयन रिइन्स्योरेन्सको समायोजित मूल्य ६२० रुपैयाँ २९ पैसा छ । मंगलबार यहीं मूल्यको आधारमा कारोबार खुल्नेछ । अघिल्लो दिन कारोबार बन्द हुँदा प्रतिकित्ता ६४५ रुपैयाँ १० पैसा मूल्य तय भएकोमा ४ प्रतिशत बोनस सेयर समायोजनपछि नयाँ मूल्य तय भएको हो । फागुन २० गते कम्पनीको साधारणसभा बस्दैछ ।

त्यस्तै एसियन लाइफ इन्स्योरेन्सको नयाँ मूल्य प्रतिकित्ता ६१६ रुपैयाँ ८० पैसा तय भएको छ । मंगलबार यहीं मूल्यका आधारमा कम्पनीको कारोबार हुनेछ । अघिल्लो दिन कारोबार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ६६४ रुपैयाँ ६० पैसा तय भएकोमा ७।७५ प्रतिशत बोनस सेयर पश्चात मूल्य समायोजन भएको हो । फागुन १८ गते कम्पनीको साधारणसभा बस्दैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: