जयसिंह बेपत्ता प्रकरणः भारतीय सुरक्षाकर्मीमाथि अनुसन्धान गर्न गृहको पत्र

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १७

काठमाडौं । दार्चुलाको महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिदा नेपाली युवा जयसिंह धामी बेपत्ता भएको घटनामा भारतीय सुरक्षाकर्मीमाथि अनुसन्धान गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ ।

सरकारले उक्त घटनाबारे अनुसन्धान गर्न गठन गरेको छानविन समितिले सो घटनामा एसएसबीको संलग्नता रहेको पुष्टि गरेसँगै गृहले उक्त पत्र पठाएको हो ।

साउन १५ गते भारतबाट तुइन प्रयोग गरी सदरमुकाम खलंगा आउनेक्रममा दार्चुला ब्यास गाउँपालिकाका धामी तुइनतारसँगै महाकाली नदीमा खसेका थिए। घटनासम्बन्धी छानबिन गर्न बनेको समितिले गत मंगलबार गृहमन्त्री बालकृष्ण खाँणसमक्ष प्रतिवेदन पेस गरेको थियो।

उक्त प्रतिवेदनमा घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा भएको देखिएको उल्लेख छ। साथै संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न समेत समितिले सिफारिस गरेको थियो।

सोही कुरा अहिले गृहले परराष्ट्रलाई पत्राचार गरेको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *