जयसिंह धामीको परिवारलाई १० लाख सहयोग गर्ने सरकारको निर्णय

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १०

काठमाडौं । सरकारले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख दिने निर्णय गरेको छ ।

विहिबार बसेको मन्त्रिपरिषद् बैठकले १० लाख रूपैयाँ सहायत दिने निर्णय गरेको सरकारका प्रवक्ता कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

गत साउन १५ गते भारतीय सुरक्षाकर्मीले महाकाली नदीमा रहेको तुइन काटिदिँदा धामी वेपत्ता भएका थिए। उनी अझै फेला परेका छैनन्।

उक्त घटनाको छानबिनका लागि सरकारले साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो। सरकारले छानविन समिति बनाए पनि अहिलेसम्म समितिले प्रतिवेदन दिन सकेको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *