काठमाडौं । लामो समयदेखि बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हलहरु भोलीबाट संचालन हुने भएका छन् ।
वैशाखको पहिलो साताबाट बन्द रहेका उपत्यकाका सिनेमा हल भोलीबाट संचालन ेगर्न दिने निर्णय जिल्ला प्रशासन कार्यलयले गरेको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले चलचित्र घरहरु संचालन गर्न दिने निर्णय गरेको हो ।
सुरक्षा मापदण्ड अपनाएर चलचित्र भवनहरु खोल्ने दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार, हलहरुले सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्नेछ ।
दोश्रो चरणको कोरोना महामारी फैलिएसँग वैशाखको पहिलो साताबाट हलहरु बन्द भएका थिए । साढे ४ महिनापछि हलहरु संचालनमा आउन लागेका हुन् ।
प्रशासनले हल खोल्न अनुमती दिएपनि कुनै पनि निर्माताले प्रदर्शन मिति तय नगरेकाले केही समय चलचित्र भवनहरुमा चलचित्रको अभाव भने रहनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया