|
२०८३ श्रावण १८
काठमाडौं । श्रावण महिनाको तेस्रो सोमबारका अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका प्रमुख शिवालयमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड देखिएको छ।
दर्शनलाई सहज बनाउन पशुपतिनाथ मन्दिरका सबै प्रवेशद्वार खुला राखिएको छ भने बोलबम यात्रु र सर्वसाधारणका लागि छुट्टाछुट्टै लाइन व्यवस्थापन गरिएको छ। राजधानीका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, मक्खन महादेवलगायत अन्य शिव मन्दिरमा पनि भगवान् शिवको पूजा–आराधना गर्न श्रद्धालुको बाक्लो उपस्थिति रहेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्