नाम्सी पुलमा ढुङ्गा खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १८

चितवन, श्रावण १८ — नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्सी नयाँ पुलमा पहिरोसँगै ढुङ्गा खसेपछि यातायात सेवा प्रभावित भएको छ।

आज बिहान खसेको ढुङ्गाका कारण हाल उक्त सडकखण्डमा एकतर्फी रूपमा मात्रै सवारीसाधन सञ्चालन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो हटाउने काम तत्काल सुरु गरिएको छ। थप ढुङ्गा नखसेमा केही समयभित्रै सडक खुलाउन सकिने उनले बताए।

पहिरोको जोखिम रहेको नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले यात्रु तथा चालकलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *