इन्धनको नयाँ दर लागू, पेट्रोल र डिजेल महँगियो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १८

काठमाडौं । नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। नयाँ व्यवस्थाअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल/मट्टितेलको मूल्य ५ रुपैयाँले बढाइएको छ। हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको छ।

संशोधित मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल तथा डिजेलको खुद्रा मूल्य प्रतिलिटर २०० रुपैयाँ पुगेको छ भने सुर्खेत र दाङमा १९९ रुपैयाँ कायम गरिएको छ। चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा भने प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ। एलपी ग्यासको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *