|
२०८३ श्रावण १८
चितवन, श्रावण १८ — भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको संख्या बढेपछि शय्या अभाव देखिएको छ। सुत्केरीपछिको हेरचाहका लागि कतिपयलाई म्याट्रेस राखेर सेवा दिनुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार असारको दोस्रो सातादेखि भदौसम्म प्रसूति चाप उच्च हुने गर्छ। दैनिक ४० देखि ५० जनासम्मको प्रसूति गराइँदै आएको र उपलब्ध १११ वटा प्रसूति शय्याले माग धान्न कठिन भएको वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले बताए।
चितवनसहित छिमेकी जिल्लाबाट समेत बिरामी आउने, विशेषज्ञ चिकित्सक, दक्ष नर्सिङ सेवा र नवजात शिशु उपचार सुविधा भएकाले भरतपुर अस्पताल प्रसूति सेवाका लागि धेरैको रोजाइमा पर्ने गरेको छ।
अस्पतालको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ७ हजार ८५३ जनाले प्रसूति सेवा लिएका थिए। तीमध्ये ३ हजार ५४० जनाको शल्यक्रिया गरिएको थियो।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्