१८ जेठ, काठमाडौं । कोभिडका कारण लकडाउन र निषेधाज्ञा हुँदा २२ वटा चलचित्रहरु बन्द भएको चलचित्र संघका महासचिव तथा निर्देशक अशोक शर्माले बताएका छन्। अझै ३० देखि ४० वटा हलहरु बन्द हुने अवस्थामा रहेको पनि उनले जनाए।
सरकारले प्रस्तुत गरेको बजेटमा असन्तुष्टी जनाउँदै अशोकले सामाजिक संजालमा स्टाटस लेख्दै चलचित्र क्षेत्रको अवस्थामा सरकारको ध्यान नपुग्ने हो भने अन्धकारमा जाने बताएका हुन् ।
अशोकले कोभिडको समयमा पटक–पटक मन्त्री लगायत सरकारका प्रतिनिधीलाई भेटेर दिएको सुझावको हविगत यही नै हो भनेर प्रश्न सोधेका छन् । उनले, सरकारको यही ताल रहने हो भने चलचित्र क्षेत्रको भविष्य अन्धकार रहेको उल्लेख गर्दै यो क्षेत्र कहिले नउठ्ने गरी थला पर्ने निश्चित रहेको बताएका छन् ।
उनले, बजेट फेरबदल गर्ने समय अझै पनि रहेको भन्दै समग्र चलचित्र क्षेत्रलाई पुनः स्थापित गर्न एक आर्थिक प्याकेजको व्यवस्था बजेटमा हुनुपर्ने माग गरेका छन् ।
यस्तै, उनले ५ देखि १० बर्षे नीतिगत योजना चलचित्र क्षेत्रका विज्ञ तथा अग्रहरुसँग छलफल गरी बजेटमा राख्न पनि माग गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया