१९ जेठ, काठमाडौं । काठमाडौंमा २१ गतेदेखि खाद्यान्न बिक्री र पूर्वाधार निर्माण कार्य खुला गरिने भएको छ ।
उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूको आज बस्न लागेको बैठकले खाद्यान्न बिक्रीको लागि मात्रै किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न दिने तयारी गरेको जनाइएको छ ।आज बिहान १० बजे काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले यस बारेमा निर्णय गर्नेछ । बैठकमा थप एक साता निषेधाज्ञा थप्ने तयारी समेत निर्णय गरिने छ ।
काठमाडौं उपत्यकामा पूर्वाधार निर्माण पनि खुला गरिने भएको छ । निर्माण क्षेत्रमा नै कर्मचारी राखेर सञ्चालन गरिने पूर्वाधार निर्माण कार्य स्वास्थ्य मापदण्ड पूरा गरेर अघि बढाउन सक्ने निर्णय सीडीओहरुले गर्न लागेका हुन् । निर्माण सामग्री ओसार्नको लागि रातिको समय तोकिएको छ ।
अब थप गरिने निषेधाज्ञामा पनि सार्वजनिक सवारी भने नखुल्ने भएको छ । कोरोनाको महामारी साम्य नलागिसकेकोले अहिले नै सवारी साधन खुला गर्दा यसले समस्या जटिल हुने जिल्ला प्रशासनका अधिकारीहरुको बुझाइ छ ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्