नेपालमा पछिल्लो २४ घण्टामा थपिए १४८६ कोरोना संक्रमित, १६ को मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र २८

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९ सय ६५ पुगेको छ।

सोमबार १ हजार २६० कोरोना संक्रमणमुक्त भएका छन्। देशभर २६ हजार ६३० सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १२ हजार ५ सय ३२ पीसीआर तथा ४ हजार ७ एन्टिजेन परीक्षण भएको छ।

 काठमाडौँ उपत्यकामा थप ४२६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३०१, भक्तपुरमा ५७ र ललितपुरमा ६८ जना संक्रमित थपिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *