पछिल्लो २४ घण्टामा ४ हजार ९०४ कोरोना संक्रमित थपिए, ३५ को मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण २६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १३ हजार २१७ जनाको पीसीआर परीक्षणमा ३ हजार १९४ र ५ हजार ९०६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ७१० जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार ११५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *