काठमाडौं । निर्वाचन आयोगको आग्रहअनुसार महन्थ ठाकुरले जसपा लोकतान्त्रिक नाम परिवर्तन गरेका छन् ।
यसअघि निवेदन दर्ता गर्दा जसपा लोकतान्त्रिक राखिएपनि निर्वाचन आयोगले पहिले नै दर्ता भएको पार्टीसँग मिल्दोजुल्दो नाम राख्न नमिल्ने बताएपछि ठाकुरले नाम फेरेका हुन् ।
प्रस्तावित लोसपाका एक नेताका अनुसार अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेतामा राजेन्द्र महतो र शरतसिंह भण्डारी रहने गरी नयाँ कागजात निर्वाचन आयोगमा बुझाइँदैछ । यसअघि महतोमात्रै वरिष्ठ नेता थिए ।
महतोलाई वरिष्ठ नेता बनाइएको विषयमा ठाकुर पक्षमै विवाद बढेको थियो । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीको चुनाव चिन्हमा भने साइकल नै प्रस्ताव गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया