![](https://i0.wp.com/www.daksumedia.com/wp-content/uploads/2021/08/gold.jpg?fit=1024%2C535&ssl=1)
काठमाडौं, साउन २२ । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारको तुलनामा सुन प्रतितोला ५०० रुपैयाँले घट्दै शुक्रबार ९१ हजार ५०० रुपैयाँमा झरेको हो ।
यस्तै, आज तेजाबी सुनको मूल्य समेत ५०० रुपैयाँले नै घट्दै ९१ हजार रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
यता, चाँदीको मूल्य समेत अधिकतम २० रुपैयाँले घट्दै विहीबार प्रतितोला एक हजार २६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया