
काठमाडौं । नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
पछिल्लो समय निरन्तर घट्दै गएको सुनको मूल्य बुधबार प्रतितोला ४०० रुपैयाँले घटेर ८८ हजार ८०० रुपैयाँमा झरेको छ भने चाँदी पनि थप १५ रुपैयाँले घट्दै एक हजार १९५ रुपैयाँमा झरेको छ ।
मंगलबार बजारमा सुन प्रतितोला ८९ हजार २०० रुपैयाँ र चाँदी एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।
यता तेजाबी सुनको मूल्य समेत बुधबार ८८ हजार ३५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया