|
२०७८ श्रावण २४
काठमाडौं । आइतबार सुनचाँदी दुबैको मूल्य ह्वातै घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार १५ सय रुपैयाँले सुनको भाउ घटेको हो । आज सुन प्रतितोला ९० हजार रुपैयाँमा झरेको छभने चाँदी प्रतितोला २५ रुपैयाँले घट्दै एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।
जबकी गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत अधिकतम १ हजार ४५० रुपैयाँले नै घट्दै ८९ हजार ५५० रुपैयाँमा झरेको छ ।
गत शुक्रबार बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
दाक्सु मिडिया



तपाईको प्रतिक्रिया दिनुहोस्