|
२०७८ भाद्र ६
काठमाडौं । साताको कारोबार शुरू भएको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९० हजार ९०० रुपैयाँमा झरेको छ भने चाँदी १५ रुपैयाँले घट्दै एक हजार १८५ रुपैयाँमा झरेको छ ।
गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा र चाँदी एक हजार १९५ रुपैयाँ कारोबार भएको थियो ।
यस्तै आज यता तेजाबी सुनको मूल्य समेत ३०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्