अन्तर्राष्ट्रिय उडान जुलाईबाट सुरु गरिने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार १६

१६ असार, काठमाडौं । कोरोनाको दोस्रो लहरको महामारी नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञा खुकुलो बनाइए सङ्गै आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालनमा आउने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा जुलाई महिनाका लागि अन्तर्राष्ट्रियतर्फको नियमित उडान तालिका सार्वजनिक गरिएको छ । प्राधिकरणले सातामा २१ अन्तर्राष्ट्रिय उडान हुनेगरी तालिका स्वीकृत गरेको हो ।

निश्चित संख्या तोकी सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि नियमित उडान खोलेको छ । सरकारको सोही निर्णय अनुसार प्राधिकरणले उडान तालिका स्वीकृत गरेको जनाएको छ ।

कतार एयरवेज, सलाम एयर, एयर इन्डिया, फ्लाइ दुबई, जजिरा एयरवेज, टर्किस एयर र मालिन्दो एयर जस्ता विदेशी कम्पनीहरूले नेपालबाट यात्रु लैजान पाउने छन् । उनीहरूको पनि उडान तालिका प्राधिकरणले स्वीकृत गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *