|
२०८३ आश्विन ६
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ घटेर ३ लाख २ हजार २ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार ९० रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ घटेर ४ हजार ७ सय ७५ रुपैयाँमा झरेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
१० ग्राम चाँदीको मूल्य मंगलबार ४ हजार ९४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्