‘हाम्रो टिम नेपाल’ को खाना बनाउन प्रयोग गरिएको ठाउँ प्रहरीद्वारा खाली गराइयो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार १४

१४ असार, काठमाडौं । अनामनगरमा रहेको सिंहदरबारको पूर्वी गेटनजिकै ‘हाम्रो टिम नेपाल’ ले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा प्रहरीले खाली गराएको छ।

उक्त सार्वजनिक जग्गा सोमबार काठमाडौं महानगर प्रहरी र नेपाल प्रहरीको टोलीले खाली गराउनुको साथै सार्वजनिक जग्गाको प्रयोग गरेको भन्दै टिमका केहीलाई नियन्त्रणमा समेत लिएको छ। प्रहरीले कति जनालाई नियन्त्रणमा लिएको भन्ने खुलिसकेको छैन।

निषेधाज्ञामा सबै काम बन्द हुँदा खान नपाएकाहरूलाई ‘हाम्रो टिम नेपाल’ ले नि:शुल्क खाना खुवाइरहेको थियो। त्यही खाना खुवाउनको लागि प्रयोग गरिएको सार्वजनिक जग्गा अहिले खाली गराइएको हो।

हाम्रो टिम नेपालका बब्लु गुप्ताका अनुसार वडा कार्यालयबाट सो सार्वजनिक जग्गा प्रयोग गर्न स्विकृती प्राप्त भए तापनि मेयर र स्थानीय बासिन्दाहरूले उठेर जानु भनेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *