अनिवार्य मास्कको प्रयोग गर्न ट्राफिक प्रहरीले थाल्यो स्टिकर अभियान

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ ६

काठमाडौं : ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनमा अनिवार्य मास्कको प्रयोग गर्न स्टिकर अभियान सुरु गरेको छ। काठमाडौं उपत्यकामा दैनिक संक्रमित बढेपछि ट्राफिक प्रहरीले मास्कको प्रयोग गर्न स्टिकर अभियान सुरु गरेको हो।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक उमेश राज जोशी, यातायात व्यवसायी तथा पदाधिकारी र अन्य प्रहरी अधिकृतहरुले ‘सवारी साधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गरौं’ भन्ने सचेतनायुक्त स्टिकर टाँसेर अभियान सुरु भएको होl

मास्क नलगाएकालाई मास्क समेत वितरण गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *