काठमाडौं। रौतहट स्थित मौलापुर नगरपालिकामा दुई पक्ष बिच झडप हुँदा १८ जना घाइते भएका छन्। घाइते मध्ये २ जनाको अवस्था निकै गम्भीर रहेको बताइएको छ।
आज बिहान परेको सो झडप मौलापुर १ मर्यादपुरका भुवाली साह सोनार र हृदय नारायण यादव बीच वर्षाको पानीको निकासको विषयमा भएको थियो।
विवादले उग्र रुप लिएपछि झडपमा स्थानीय भुवाली साह सोनारले मान्य विवादमा विपक्षी हृदय नारायण यादवको पक्षमा मौलापुर १ मर्यादपुरका वडा अध्यक्ष रामप्रवेस यादव र उनका दर्जनौं मानिस बाँसको लाठी, भाटासहित आएर आक्रमण गरेको आरोप लगाए ।
सोही क्रममा ३ जनाको टाउकोमा चोट लागेको र दुई जनाको हात भाँच्चिएको जनाइएको छ। सबै घाइतेहरु मौलापुरको एक क्लिनिकमा उपचाररत् छन्।
घटनामा संलग्न रहेको आरोपमा सुरेन्द्र यादव र शिवपुजन महतो पक्राउ परेको प्रहरीले जनाएको।
उनीहरुबीच पुरानो विवाद पनि रहेको बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया