रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १० वर्षका बालक घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ३१

रामेछाप – रामेछापमा जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । १० वर्षका बालक घाइते भएका छन् ।

दुर्घटनामा लाक्पा दोर्जे शेर्पा, लाक्पा शेर्पा र फुर्पा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको साइनो भने खुल्न बाँकी छ ।

घाइते १० वर्षका बालक धावा शेर्पा घाइते भएका र उनको मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंबाट ओखलढुङ्गाका लागि छुटेको प्रदेश नम्बर ३–०१–०२३–च–३५१३ नम्बरको जीप बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तीसार कुनौलीमा दुर्घटनामा परेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *