खाल्डोमा खस्यो नगरपालिकाको गाडी: एकको मृत्यु, पाँच गम्भीर घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण १५

महोत्तरीको लोहरपट्टी नगरपालिकाको गाडी धनुषामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

गाडीमा सवार पाँच जना गम्भीर घाइते छन्।

शुक्रबार बिहान करिब ५ बजे महोत्तरीको बर्दिबासबाट जनकपुरतर्फ जाँदै गरेको ज–२०–०२–०००१ झ ००३५ नम्बरको स्कार्पियो गाडी लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ४ सपहीमा दुर्घटनामा परेको हो।

तीब्र गतिका कारण गाडी डाइभर्सनबाट अनियन्त्रित भई पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ का ३४ वर्षीय दीपक यादवको मृत्यु भएको  बताए।

गम्भीर घाइते भएका यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो। यादव ग्राहन्ता समुदायिक वन बर्दिबासका अध्यक्ष थिए।

दुर्घटनामा यादवकी श्रीमती रिता यादव, भाइ गहेन्द्र यादव, नवीन यादव, उनकी श्रीमती अम्बिका यादव, मठिहानी नगरपालिका वडा नम्बर २ बस्ने त्रिलोकी यावद घाइते भएका छन्। उनीहरूको अवस्था गम्भीर छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *