हावाहुरी र मेघगर्जन सहित पानी पर्ने : जल तथा मौसम विज्ञान विभाग

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ १२

१२ जेठ, काठमाडौं । मंगलबार साँझबाट पूर्वीमध्य बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात यास् उत्तर–उत्तरपश्चिम सर्ने क्रममा धेरै शक्तिशाली चक्रवातमा परिणत भएका कारण पानी पर्ने तथा हावाहुरी चलिरहेको छ।

जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार ठूलो हावाहुरी भने नचल्ने तर आज दिनभर काठमाडौंको मौसममा बदली भइरहने छ ।

चक्रवातको असर शनिबारसम्म नेपालका भू–भागमा पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

मेघगर्जन/चट्याङ/हावाहुरी र असिनापानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि सचेत गरिएको छ।

उच्च हिमाली भू–भागमा हल्कादेखि मध्यमहिमपात/वर्षा तथा उच्च बेगको हावाहुरीसमेत आउने सम्भावना रहेकाले पर्वतारोहण नगर्न तथा नगराउन विभागले भनेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *